मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलन

छाउपडी प्रथा अन्त्यका लागि धामी झाँक्रीहरु सक्रिय

अत्तरिया, ६ साउन : सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथाले धेरै महिलाको अकालमै ज्यान गुमाउनु परेको छ । छाउप्रथा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । सरकारी र गैर सरकारी संस्थाहरुको छाउपडी प्रथामा लाखौँको बजेट खर्च हुने गरेको छ । समाजमा अनेक प्रकारका धार्मीक विश्वासका कारण महिला तथा कीशोरीहरुले दुख पाईरहेका छन ।
पछिल्लो समय छाउप्रथा न्यूनीकरणका लागि गाँउका धामी झाँक्रीहरु नै सक्रिय हुन थालेका छन् । समाजमा छाउप्रथालाई प्राकृतिक कुरा भएको नबुझ्दा समस्या हुने गरेको बाजुरा खप्तड छेडेदह गाउँपालिका–५ बाट धनगढीमा भएको मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनमा सहभागि भएका दिनेश सुनारले बताए । ‘समाजमा गलत बुझाईका कारण महिलाहरुले दुख पाएका छन्’, उनले भने । ‘पहिलेको तुलनामा अहिले धेरै कुरामा सुधार भएको छ । अव विस्तारै कम हुने देखिन्छ ।’ धामीले भनेको कुरामा पनि धेरैको विश्वास हुने हुँदा यस प्रकारका छलफलले छाउपडी प्रथा अन्त्यका लागि धेरै सहयोग पुग्ने उनको विश्वास रहेको छ । ‘छाउ प्रथा पहिलेको जस्तो अहिले छैन् । कुनै समय यसरी छलफलमै सहभागि नहुने हामी धामीहरु अहिले आएका छौँ । यसलाई परिवर्तन मान्नुपर्छ ।’
छाउप्रथा मान्ने बाध्यता भएको दिपायल सिलगढी नगरपालिका–६ का धामी डबल बोगटी ले बताए । उनले हामी धामीहरुलाई संकाले समास्या ल्याउने गरेको बताए । ‘महिलाहरु छाउ भएको भए पनि थाह नहुँदा सम्म छुदा केहि नहुने तर, थाह भईसकेपछि केहि अप्ठ्यारो महशुष हुन्छ’, उनले भने । ‘त्यसले गर्दा सबै कुरा संकाले हुने रहेछ भन्ने कुरा प्रमाणित भएको छ । छाउप्रथा विस्तारै कम भएको छ ।’ उनले वेला–वेला हुने गोष्ठी सेमीनारले पनि धामीहरुलाई सचेत पार्ने काम गरेको बताए ।
महिलाहरुले जति बुझे पनि घरमा पुरुषहरुले सहयोग नगरेपछि छाउप्रथा न्यूनीकरणमा धामीहरु पनि सक्रियता आवश्यकता ठानेर छलफल चलाएको गुड नेबर्स नेपाल संस्थाका जनजस्वास्थ्य अधिकृत महेश जोशीले बताए ।
बाजुरा, अछाम, डोटी, मुग र कैलालीका ३५ जना धामी, झाक्रीसंग तीन दिने छलफल सञ्चालन गरेको उनको भनाई रहेको छ । अझ पनि महिनावारी भएको वेला घर भन्दा टाढा गोठमा राख्ने प्रचलन भएको हुँदा यसको कारणको खोजीमा आफुहरु रहेको उनले बताए । कार्यक्रम गुड नेबर्स र कोइकाको आयोजनामा भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.