नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीको अन्तरक्रिया कार्यक्रम

अत्तरिया, ७ साउन: नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर समिति शिक्षण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी नगरबाट नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका अध्यक्षको समापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर उप–प्रमुख शारदा देवी रोकाया रहेकी थिइन ।
त्यस्तै विशिष्ट अतिथीमा नेकपा एमाले नगर कमिटि सचिव जिवन कुमार शाह र नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका केन्द्रीय प्रतिनिधि कर्ण बहादुर साउद रहेका थिए भने अतिथिहरुमा गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुद्धीराम चौधरी, वडा नं. ६ का जग्गुराम चौधरी, वडा नं.७ की कलावती साउद र वडा नं. ८ का गोविन्द चौधरी र वडा सदस्यहरु, विद्यालयका प्रधानाध्याप, शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै उक्त कार्यक्रममा शैक्षिक क्षेत्रलाई सुधारका लागि के कसरी जानु पर्ने भन्ने विभिन्न बिषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले आ–आफ्ना बिचारहरु व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका उपाध्यक्ष प्रेमराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका सचिव भुपेन्द्र बहादुर चन्दले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.