धनगढीको नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु

धनगढी,१७ साउन : सुदूरपश्चिम प्रदेशमा नीजि क्षेत्रमा पहिलो पटक धनगढी स्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा आएको छ।
मंगलबार एक कार्यक्रमका बीच नवजीवन अस्पतालमा सुदूरपश्चिम इन्टरनेशनल डायलाइसिस सेन्टरको डाक्टर सुवेशराज कायस्थले उद्घाटन गरेका छन ।
नवजीवन अस्पताल र मार्क इन्टरनेशनल किड्नी सेन्टरको संयुक्त लगानीमा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याईएको नवजीवन अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र कडायतले जानकारी दिए ।
करिब ७ करोडको लगानीमा १० बेडको डायलाइसिस सेन्टर सञ्चालनमा आएको उनले बताए । तर अहिले ६ बेडबाट सेवा प्रवाह भइरहेको र बाँकी ४ वटामा मेसिन जडान भइरहेको अस्पतालले जनाएको छ।
हाल धनगढीको सेती प्रादेशीक अस्पतालमा डायलाइसिस सेवा रहेपनि बिरामीको चापका कारण सबैलाई सेवा लिन सहज नभएको गुनासो रहेको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टरका डारेक्टर अर्चन शम्शेर राणाले डायलाइसिस सेवामा सबै गरी ४ करोड लगानी लागेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.