बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ

अत्तरिया : बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ घर भएका ४३ वर्षीया वीरेन्द्रबहादुर खडायत रहेका छन् । खडायतलाई बझाङको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषध चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञान बहादुर विष्टले बताए ।

विशेष सूचनाको आधारमा बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको हो । खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.