बाजुरा, २० साउन : बाजुरादेखि गाउँसम्म सुचारु हुँदै आएका ग्रामिण सडक बर्खा सुरु भएसँगै अवरुद्ध भएको छ । हिउँदको महिना स्काभेटरले जमिन कमजोर हुने गरी गाउँसम्म निर्माण गरिएका सडक वर्खामा पहिरोका कारण अवरुद्ध भएका हुन् ।
बूढीगङ्गा नगरपालिका–७ झालीका स्थानीय चेतमान सार्कीले स्थानीय सरकारले करोडौं रुपैयाँ खर्च गरी निर्माण गरेका ती सडक वर्खाको भलले चिरा पारेपछि अवरुद्ध भएको बताए । सार्कीले गाउँमा सडक खन्दा वातावरणीय प्रभाव मूल्याङ्कन बिनै खनिएका सडकमा पहिरो खसेपछि वर्खा गाउँमा सवारी साधान सञ्चालनमा आउन नससेको बताए ।
बाजुराको डाब खप्तड पर्यटन, बेतालमाडौंदेखि झाली, पुडावाउला, टुनीसैन, टम्टाना, लिसाना गुदुखातीलगायतका ग्रामिण सडक अवरुद्ध हुँदा वर्खाको समय स्थानीयलाई गाउँदेखि पालिकासम्म आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ ।
पालिकाले करोडौं रुपियाँ खर्च गरेर खनेका सडकले गाउँमा रहेको खेती योग्य जमिन बगाउँदा निकै क्षति भइरहेको स्थानीय बताउँछन् । बबूढीगङ्गा नगरपालिका–७ का वडा अध्यक्ष भुवनसिहं केसीका अनुसार विगत पाँच वर्ष गाउँसम्म सडक पु¥याउने काम भयो र अब सडकको स्तरोन्नति गर्ने योजना छ ।
वडाध्यक्ष केसीले बर्खाको समय पानीका कारण सडक भत्किने र सडकमा भएको माटो बगाएर ढुङ्गा मात्र राख्ने गरेपछि सडक अवरुद्ध हुँदै आएको छ । केही वर्षमै यसको व्यवस्थापन हुने गरी सडक स्तरोन्नति गर्ने गरी रकम विनियोजन गर्ने उनले बताए ।
सम्बन्धित पाेस्टहरु