अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले करार सेवाका लागि १४ जना कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै गोदावरी नगरपालिकाले बिभिन्न प्राविधिक पदका लागि १४ जना कर्मचारी माग गरेको हो ।
माग गरिएका कर्मचारी अन्तरर्गत कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, सव इन्जिनियर (ल्याव टेक्निसिनय), असिस्टेण्ट सब इन्जिनियर (ल्याव असिस्टेण्ट) १–१ जना, सर्भेक्षक (भूमि आयोगको कार्यका लागि) ४ जना र अमिन (भूमि आयोगको कार्यका लागि) ६ जना कर्मचारी माग गरिएको छ । उक्त पदका लागि इच्छुक नेपाली नागरीकले १५ दिन भित्र आवेदन दिने सक्नेछन् ।
करार सेवा अन्तरगत छनोट गरिएका कर्मचारीको म्याद अवधि २०८० असार मसान्त सम्म रहेको छ । म्याद अवधि २०८० असार मसान्त भएपनि काम सन्तोष जनक भएमा सम्झौता अवधि थपिने र स्थानीय व्यक्ति ,अनुभवी व्यक्तिहरुलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ ।