अत्तरिया, २२ साउन : नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित सिंङपुरमा भएको मोर्चाको प्रदेश स्तरीय सम्मेलनले प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो ।
मोर्चाको प्रदेश अध्यक्षमा वीरबहादुर चौधरी अध्यक्षमा चयन भएका छन् ।
यसैगरी, सचिवमा बालकृष्ण चौधरी ९विकास०, सहसचिवमा निराशा चौधरी ९तुलना० र अनिल कठरिया चयन भएका छन् । मोर्चाको सात पदाधिकारीसहित ७१ सदस्यीय प्रदेश कमिटी बनाइएको छ ।