कैलारी गाउँपालिकाले वडा कार्यालयबाटै बृद्धा भत्ता वितरण

हसुलिया, २३ साउन : कैलालीको कैलारी गाउँपालिकाले वडा कार्यालयबाट बृद्धा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सोमबारदेखि वडा नम्बर ६ को कार्यालयबाट पहिलो पटक वडामै बृद्धा भत्ता वितरणको व्यवस्था मिलाएको बताऐ । उनले भने, ‘बैंकलाई हामीले भनेका छौ, पहिलो किस्ता व्यवस्थापन गर्न बैंकबाट बुझाउनुस त्यो आफनो ठाउँमा छ ।

आउने दिनमा गाउँठाउँमा गएर नबुझाए बैंकबाट खाता हटाउछौ ।’ बृद्धबुद्धाहरुलाई हसुलिया बजारमा रहेको बैंकमा बृद्धा भत्ता बुझना आउदा समस्या भइरहेकोले आबदेखि वडा कार्यालयबाट सोको व्यवस्था मिलाएको उनले बताए । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी एनआइसि एसिया बैंक सुरक्षाका साथ आएर वडा कार्यालयमा पहिलो पटक बृद्धा वितरण गरिरहेको बताए । आफनै गाउँठाउँमा बृद्धाभत्ता वितरणको व्यवस्था भएपछि हिडन नसक्ने बृद्धाहरुलाई हसुलिया जानुपर्ने बाध्य टरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.