बाजुरा : बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका पुजामा जाने सरकारी टोली सदरमुकाम मार्तडीबाट सरकारी डोल सहित प्रस्थान गरेको छ । बडिमालिका जान सदरमुकाम मार्तडी प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रस्थान गरेको हो ।
बडीमालिको दर्शनका लागी तीर्थमा निस्केको सरकारी टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले सलामी अर्पण गरी बिदाई गरेको छ । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा बिशेष पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।
यस बर्ष बडिमालिका नगरपालिकाद्वारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन ।
बडिमालिका यात्रा बर्ष योजनाका साथै बाटोमा बस्नका लागि त्रिपालहरुको ब्यस्था अस्थायी चर्पीको ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट स्वयम सेवक पठाएर कार्य थालिसकेको प्रबक्ता पाध्याले बताएका छन । बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पूणिर्माको अघिल्लो दिन चर्तुदशीको दिन पुजाआजा हुने गर्दछ ।