अग्नी संवाददता
अत्तरिया, २३ साउन : स्वर्गीय गायक हरिसचन्द्र कडायतको १३ औं दिनको पुण्य तिथिमा श्रद्धान्जली सभाका आयोजना गरिएको छ ।
कराकालहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम कार्यसमितिले उनको गौरीगंगा नगरपालिकाको बनवेहडामा रहेको निवासमा श्रद्धान्जली सभाको आयोजना गरेको हो ।
सो अवसरमा प्रदेश कार्य समितिले मृतका परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष पदमबहादुर धामी अध्यक्षतामा सम्पन्न भएको हो ।
श्रद्धान्जली सभामा प्रतिष्ठानको केन्दीय कार्यसमिति सदस्य नविन धामी, पूर्व केन्द्रीय सदस्य तथा प्रदेश समिति सल्लाहाकार सुरत रावत डोटेली कान्छा लगायत प्रदेश कार्यसमितिका पदाधिकारी र कलाकारको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन प्रतिष्ठान प्रदेश कार्यसमितिका प्रथम उपाध्यक्ष दीर्घराज फुलारा गरेका हुन् ।
सम्बन्धित पाेस्टहरु