अत्तरिया : बझाङमा एकै घरका ३ जना रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । तीन बर्षीय बालक सहित एकै परिवारका तीन जना झुण्ड्याएको अवस्थामा मृत फेला परेका हुन ।
बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका स्थानीयले बताएका छन् । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । स्थानीयका अनुसार मंगलबार राति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका हुन् ।
घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी अनुसन्धान पछि मात्र थप रहस्य खुल्ने प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए ।