अत्तरिया : गत बुधबार बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीया छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा भेटीएका थिए । मृतक गीताको माइती पक्षले श्रीमान् पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
उक्त घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो अन्तरगत प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली घटना अनुसन्धानका लागि खटिएको छ।
बिहीबार बेलुका बझाङ पुगेको सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने जनाएको छ। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा पोस्टर्माटम सकेर शुक्रबार आज दाहसंस्कारको गरिँदै छ। पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।