अग्नी संवाददाता
धनगढी, २८ साउन : अपागंता भएका व्यक्तिहरुका लागि स्वालम्बन जीवन पद्धति केन्द्र कैलालीको १४ औ साधारणसभा सम्पन्न भएको छ । साधारण सभा अपागंता क्षेत्रमा कार्यरत राष्ट्रिय अपागं महासंघकी पूर्व केन्द्रिय सदस्य रुपा राईको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । स्वालम्वन जीवन पद्धति केन्द्र पूर्णरुपमा अपागंताको भएका क्षेत्रमा काम गर्ने संस्था हो ।
संस्थाको आर्थिक नियमावली २०७८, कर्मचारी सेवा र प्रशासनिक विनियमावली २०७८, घुसविरुद्वको नीति २०७८, सहकारी संस्थाको छलफल र संस्थालाई सुदूरपश्चिम प्रदेशभरका जिल्लाहरुमा सञ्चालन गर्न पाउने विषयमा छलफल र निर्णय गरिएको स्वावलम्वन जीवन पद्वति केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहले बताए ।
साधारण सभामा सचिव र कोषाध्यक्षले वार्षिक प्रतिवेद पेश गरेका थिए । संस्थालाई २०६५ सालदेखि २०७६ सालसम्म सरकारी तथा गैह्र सरकारी संस्थाहरुबाट प्राप्त आर्थिक सहयोगबाट गरिएका कार्यहरुको विवरण पेश गरिएको थियो । संस्थाले ट्राईसाईकल ४० जना, ह्विलचियर ६० जना र सेतो छडी ४० जना महिला र पुरुषलाई वितरण गरेको जनाएको छ ।
साथै तीन महिने कम्प्युटर तालिम १५ जना, कडाई सम्बन्धि तालिम १५ जना महिला र मोवाईल सम्बन्धि ताल्मि १५ जना महिला र पुरुषलाई उपलब्ध गरिएको छ। संस्थाले धनगढीका १९ वटै वडामा रहेका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुको चौथो पटक तथ्याङ्क लिई जम्मा ३५९ जनालाई सात लाख ८० हजार बराबरको विभिन्न सहयोग गरेको जनाएको छ ।
साधारणसभामा अग्नीप्रसाद तिवारी, रामप्रसाद जोशी दिलिप चौधरी लगायतको सहभागिता रहेको थियो ।
९४ जना साधारण सदस्य रहेको संस्था कैलाली सहित देशभर शाखा प्रदेशभर सदस्य गर्ने लक्ष्य लिएको छ । स्वालम्वन जीवन पद्धति केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहको अध्यक्षतामा भएको हो ।
सम्बन्धित पाेस्टहरु