प्रश्न प्रत्रको भिडीयो सामाजिक संजालमा हाल्ने विद्यार्थीको शिक्षक सेवा आयोगको परीक्षा रद्ध

अत्तरिया  : साउन २८ को शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा संचालन गरेको थियो । उक्त अनुमतिपत्रको प्रश्न पत्रको भिडीयो र उत्तरपुस्तिकाको बनाएर सामाजिक संजालमा भाईरल बनाएको भन्दै विनोद कुमार बम्मलाई आयोगले कार्वाही गरेको छ ।

कैलालीको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मावि बोराडाँडी ‘ख’ केन्द्रमा परीक्षार्थी संकेत नम्वर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार वम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो वनाई सामाजिक सञ्जालमा राखेकोले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २६ को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गरेको हो ।
नियमावलीको नियम ४३ अनुसार आउँदो दुई वर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाईएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.