सुदूरपश्चिममा थप १ सय जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज सोमबार मात्रै थप एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडी र डोटीमा ८१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा १०७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.