अत्तरिया, २ भदौ : बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ की ५२ बर्षीय जलुदेवी बुढालाई कञ्चनपुरको श्री कृष्ण प्रणाम सेवाधाम अनाथ आश्रममा राखिएको छ । जलुदेवीका दुई सन्तान सहित बिहिबार खप्तड छेडेदह गाउँपालिका वडा नम्बर एक वडा अध्यक्ष बीरबहादुर रावलले आश्रममा पुगाएका हुन् । रावलले आश्रम सञ्चालक शेरबहादुर रोकायालाई बुझाएका जानकारी दिएका छन् । उनलाई केहि दिनमै विद्यालय भर्ना भरिने भएको छ । बच्चाको भविष्यलाई मध्ये नजर गर्दै उनलाई उडारबाट उद्धार गरि कञ्चनपुर पुगाएको वडा अध्यक्ष रावलको भनाई रहेको छ । रावलले व्यक्तिगत रुपमा १५ हजार नगद समेत आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
गाउँपालिका वडा नम्बर १ लुगेनाको ओडारमा बस्दै आएकी थिईन । प्रहरीको साहायतमा वडा अध्यक्ष रावलको पहलमा गत शुक्रबार जलुदेवीलाई उद्धार गरिएको थियो ।
स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलुदेवी गम्भीर बिरामी भएपछि घर नजिकै रहेको ओडार तथा जङ्गलमा बस्दै आएकी थिइन् ।