सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीद्वारा साढे ५ करोड राजस्व संंकलन

अत्तरिया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाले सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार अत्तरीया कार्यालय र मातहतका जिल्ला कार्यालयहरुले ट्राफिक चेकीङमा कडाई गर्दा सडक दृर्घटनामा न्यूनीकरण हुनुका साथै राजस्व संकलनमा बृद्धि भएको जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७८\०७९ मा सुदुरपश्चिम प्रदेशमा ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको जनाएको छ । तथ्यांक अनुसार सबै भन्दा बढी राजस्व संकलन भएको जिल्लाको रुपमा कैलाली पर्दछ जसले एक वर्षको अवधिमा ३ करोड २ लाख ५१ हजार रुपयाँ राजस्व संकलन गरेको छ भने त्यस्तै सबै भन्दा कम राजस्व संकलन भएको जिल्लाको रुपमा बाजुरा पर्दछ । जसले एक बर्षको अवधिमा १२ लाख ८६ हजार ५ सय रुपयाँ राजस्व संकलन गरेको देखिन्छ ।

त्यस्तै अन्य जिल्लाहरुमा कंचनपुरमा ८६ लाख५४ हजार ५ सय, डडेलधुरामा ३२ लाख ७ हजार ५ सय, डोटीमा २९ लाख ४० हजार, दार्चुलामा १४ लाख २१ हजार ५ सय, बझाङमा १५ लाख ३० हजार ५ सय, अछाममा २६ लाख ६९ हजार, बैतडीमा २१ लाख १८ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सुदुरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले संकलन गरेको राजस्वको अवस्था हेर्दा बर्षेनि बृद्धी भएको देखिन्छ । आर्थिक वर्ष २०७६\०७७ मा सुदुरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपयाँ राजस्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७\०७८ मा एक बर्षको अवधिमा उक्त रकम बढेर ४ करोड ५७ लाख ६७ हजार पुगेको देखिन्छ । भने आर्थिक बर्ष २०७८\०७९ मा बृद्धी भएर ५ करोड ४१ लाख ९५ हजार राजस्व संकलन भएको देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.