एक किलो चरेशसहित धनगढीबाट बझाङ एक जना पक्राउ

अत्तरिया, ६ भदौ : कैलालीबाट एक किलो चरेशसहित प्रहरीले एक जना पक्राउ गरेको छ। प्रहरीका अनुसार बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भइ हाल धनगढी उपमहानगरपालिका–१२, जुगेडा बस्ने ३६ वर्षीय दिनेश सिंह पक्राउ परेका हुन्।

जुगेडास्थित किराना पसलबाट उनलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.