२ बालिकामाथि बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

अत्तरिया : कैलालीमा २ बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरी बलात्कार आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गत महिना (साउन) ३१ गते उनले एक ७ वर्षीया र अर्की ९ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। भदौ ५ गते ९हिजो० दुबै नाबालिका र उनीहरुका अविभावकले ईलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले आरोपित गणेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.