अत्तरिया : नेपाली काँग्रेसका नेता सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका लाई काठमाडौँमा सम्मान एंव अभिनन्दन गरिएको छ ।
राज्यमन्त्री रैका दलित एंव पछाडि पारिएको बर्ग समुदायको नेतृत्व गर्दे राज्यको नीति निमार्ण उच्च तहमा पुग्न सफल भएको भन्दै रैगाँई समाज काठमाडौँले सम्मान अभिनन्दन गरेको हो ।
राज्यमन्त्री रैकालाई काठमाडौ स्थित जनप्रतिनिधि,समाजसेवी,नागरिक समाज,स्थानीय लगायतको टिमले सम्मान अभिनन्दन गरेको हो ।
कार्यक्रममा राज्यमन्त्री रैकाले आफूले शिक्षा,स्वास्थ, बिकास निर्माण एंव सामाजिक सशक्तीकरण,समानताको क्षेत्रमा विशेष जोड दिएर काम गरिरहेको बताएका थिए ।
सम्बन्धित पाेस्टहरु