धनगढी : धनगढी मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले निर्देशन दिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले पत्राचार गरेको हो।
सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको छ। ‘सडकको बिस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरुमा अनुरोध गरिन्छ।’ पत्रमा भनिएको छ।
यदि उक्त समयमा सडक क्षेत्र खालि नभए कानून वमोजिम कारवाही गरिने उपमहागरद्वार प्रकाशित पत्रमा उल्लेख गरिएको छ।