कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

धनगढी,१९ भदौ : कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । आईतबार साँझ ५ बजेतिर कृष्णपुर नगरपालिका वडा न ७ मा सोही वडाका दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्काले बताए ।

घटनास्थलमै रहेका खड्काका अनुसार माछा मारेर फर्कँदै गरेका उनीहरू पानी परेपछि मोटरसाइकल रोकेर रुखको ओत लागेका थिए। सोही रुखमा चट्याङ पर्दा उनीहरू मृत्यु भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.