अत्तरिया : चाडपर्वलाई लक्षित गरी सरकारले हरेक बर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्दथियो । कैलाली र कञ्चनपुरमा धेरै बर्ष पहिले देखि सञ्चालन गरे पनि पहाडी जिल्लामा एक दुई बर्ष यता सञ्चालन गर्ने गरेको थियो । प्रदेशको डडेल्धुरा, बैतडी, लगायत कैलालीका अत्तरियामा समेत सुपथ मूल्य सञ्चालन गर्ने गरेको थियो ।
सरकारले दसैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दसैँ सुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष कैलाली र कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन । कैलालीमा चामल सम्म केहि सहुलियतमा विक्रि गर्ने गरेको भए पनि अन्य ठाउँमा त्यो पनि छैन् ।
साल्ट्र ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट्र टे«डिङसँग नुनबाहेक अन्य सामान नहुँदा सुपथ मूल्य पसल सञ्चालनमा नआएको दावी गरे । ‘सुदूरपश्चिममा कैलालीमा मात्रै पसल सञ्चालनमा छ त्यहाँ पनि बिक्री वितरण न्यून छ, उनले भने, ‘हामीसँग नुनबाहेक अन्य चिनी तेल अभाव भएका कारण सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेन ।’
सुपथ मूल्य पसल सञ्चालनका लागि यस वर्ष देशभरिनै चिनी अभाव रहेको उनले दावी गरेका छन् । ‘सरकारले नुनमा दुई रुपैयाँ मात्रै छुट दिएको छ र दुई रुपैयाँको लागि मात्रै सुपथ मूल्य पसलमा ग्राहक आएका छैनन्’ । उनले भने, ‘धनगढीमा सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बिक्री शून्य छ ।’ उनले सुदूरपश्चिममा कैलाली बाहेक अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आउन नसकेको बताए । विगत बर्षमा नुन देखि चिनि सम्म सुपथ मुल्य पसलमा पाईन्थ्यो ।
चाडपर्वको वेला जनता महँगीको मारमा
विगतका वर्षमा दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर साल्ट्र ट्रेडिङले सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो । चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ । दलहरु चुनावी तयारी रहेको वेला सुपथ मूल्य सञ्चालन नआउँदा निरास भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत व्यवस्था समेत गरेको देखिएको छ । व्यापार कम्पनीले कार्यालय अगाडि चामल विक्रिमा राखे पनि ग्राहकहरु भने पुगेका छैनन् । ‘विगतका बर्षमा केहि नभए पनि चिनि सम्म सुपथ मूल्यमा पाईन्थ्यो’ धनगढीकी स्थानीय सन्तोषी बोहराले भनिन् । ‘यस पाली त्यो पनि छैन् ।’ चामल पाईए पनि अन्य पसल भन्द मूल्यमा फरक नरहेको उनले बताईन् । अन्य ठाउँमा नराखेपनि साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयमा सुपथ मूल्य पसल राखेको आसमा पुगेको तर, त्यहाँ पनि नभएपछि रित्तो हात लिएर फर्किएका गोदावरी नगरपालिका–३ चौकी डाँडाका नरबहादुर बुढाले बताए । उनले महँगी भएको वेला राहत दिनुपर्ने ठाउँमा उल्टै जनतालाई मारमा पारेको उनले गुनासो गरे । उपभोक्तालाई सुपथ मूल्य पसलमा पहुँच नहुने गरेको राष्ट्रिय उपभोक्तामञ्च सुदूरपश्चिम संयोजक हरि रेग्मीले बताए । ‘यस बर्ष सुपथ मूल्य पसल राख्दै राखेको छैन्’, उनले भने । ‘राखे पनि जनताको पहुँचमा छैन् । खाली देखाउटी मात्र छन् ।’