अत्तरिया, १३ असोज :नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफू कैलाली ४ को स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले कैलाली ४ को उम्मेदवारीबारे फैलाइएका भ्रममा नपर्न नेता–कार्यकर्ता र जनतालाई आग्रहसमेत गरे । काँग्रेसले क्षेत्र नम्बर ४ बाट नेता बीरबहादुर बलायरलाई टिकट दिने भनिरहँदा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो अडान लिएका हुन् । ‘२०७४ को निर्वाचनमा मलाई जनताले मलाई पत्यानन् । तर, म यतिवेला जितको नजिक छु ।’ ७४ को निर्वाचनपछि आफु निरन्तर मतदाताहरुसंगै भएकाले पनि होला जनताले मलाई खोजि रहेको उनको भनाई रहेको छ । पार्टीले यतिवेला आफुलाई टिकट नदिएमा यस पश्चात कुनै क्षेत्रमा सहभागिता नरहने उनले पत्रकार सम्मेलनमा उल्लेख गरे । ‘जीवनको उत्तरार्धमा रहेको छु । ७२ बर्ष पुरा भईसकेको व्यक्ति पाँच बर्षपछि पुनः मैले आट गरेको हो’, उनले भने ‘अव यसपछि शारीरिक स्वास्थ्यले पनि साथ दिदैन् होला ।’
कैलाली–४ बाट आफु आकांक्षी भएको कुरा पार्टी सभापतिलाई समेत जानकारी दिईसकेको उनले बताए ।
‘पार्टी नेतृत्वसंग भटेर पनि यसपछि स्वास्थ्यले साथ नदिने भन्ने कुरा राखेको हो’, उनले भने । ‘हुन्छ भन्ने जफाव आएको हो ।’ उनले आफ्नो उम्मेदवारी रहेको कुरालाई जनतामा भ्रम सिर्जना गर्ने काम भईरहेको उनले बताए । विभिन्न सञ्चार माध्यममा कैलाली–४ का उम्मेदवारीको विषयमा भ्रम सिर्जना गर्ने काम भईरहेको उनको धारणा रहेको थियो ।
सम्बन्धित पाेस्टहरु