अत्तरिया : गेटा आँखा अस्पताल कर्मचारी युनियन र प्रहरी चौकी गेटाको संयुक्त आयोजनामा शुक्रबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु नेपालीहरुको महान चाड बडा दशैं तथा शुभ दिपावलीको पावन अवसरमा गेटा आँखा अस्पताल परिसरमा बृहत सरसफाई कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।
सरसफाई कार्यक्रममा गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, गेटा आँखा अस्पतालका कर्मचारी प्रतिनिधि पवन शाह, गेटा प्रहरी चौकीका सई दिपेन्द्र बहादुर चन्दले मन्तव्य व्यक्त गरेका थिए ।
गेटा प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी मद्दति गुल्मका सशस्त्र प्रहरी, अस्पतालका कर्मचारी तथा स्थानिय व्यक्तिहरुको बृहत सरसफाई कार्यक्रममा सहभागी रहेको गेटा आँखा अस्पताल कर्मचारी युनियनका कार्य समिति सदस्य चेत राम चौधरीले बताए ।