धनगढीको नवजीवन अस्पतालले पायो नर्सिङ अध्ययन गराउने अनुमती, दसै, तिहारपछि पढाई

अत्तरिया : धनगढीको नवजीवन अस्पतालले विद्यार्थीलाई नर्सिङ अध्ययन अनुमती प्राप्त गरेको छ । अस्पतालले यसै बर्षबाट ४० जना विद्यार्थीलाई पि.सि.एल नर्सिङ अध्ययन गर्ने अनुमती प्राप्त गरेको शुक्रबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
सिटीइभिटी र राष्ट्रिय चिकित्सा आयोगले उक्त अनुमती दिएको नवजीवन अस्पतालका प्रबन्ध निर्देशक यज्ञराज ढुङगानाले जानकारी दिए । विद्यार्थीलाई नर्सिङ अध्ययन गर्ने अनुमती प्राप्तगरेसंगै दशैँ तिहारपछि पढाइ हुने उनले जानकारी दिए ।
२०६२ साल फागुन ११ गते १५ शैया अस्पतालको स्वीकृति लिई नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो । सामाजिक उत्तरदायीत्व अन्तरगत अस्पतालले नेपाल सरकार सँगको सहकार्यमा स्थापना काल देखि नै साना देखि ठुला संख्यामा स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।


यस्तै आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको बिरामीको निशुल्क औषधी वितरण, स्वास्थ्य विमा कार्यक्रम समेत संचालन गर्दै आएको छ । २०६८ सालमा स्वास्थ्य सेवा विभाग काठमाण्डौँबाट ५० शैयाको संचालन स्वीकृति लिई हाल यसै आर्थिक बर्षबाट सय शैयामा स्तरोउन्नती गरेको अस्पतालको सिइओ चक्र खडायतले जानकारी दिए ।
कोभिड संक्रमणको बेला श्रोत साधनले भ्याएसम्म माहामारी नियन्त्रण गर्न प्रयास गरेको, अक्सिजन अभाबलाई मध्यनजर राख्दै आफ्नै लगानीमा अस्पताल प्राङगणमा अक्सीजन प्लान्ट स्थापना गरेको र अस्पताल जन्य सेवाका साथै अन्य शैक्षिक कार्यक्रम समेत संचालनमा ल्याएको उनले जानकारी दिए । यस्तै अस्पतालबाटबरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ ।
यस्तै वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी,छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा बरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेकोे छ । रंगिन भिडीयो एक्सरे सेवा प्रत्येक दिन लगायत आइसियु एनआइसियु डायलासिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । साथै इमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.