बझाङः बझाङमा लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय वृद्धको लडेर घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार कोइराली खेत घर भएका रामलाल दमाईको बिहीबार आफ्नै घरको आगनबाट लडेर ज्यान गएको हो। जयपृथ्वी राजमार्ग नजिकै घरको आगनबाट लडेर सडकमा परेका उनको त्यहीँ ज्यान गएको जानएको छ।