धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुई जना घाइते

अत्तरिया : धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा मोटरसाइकलले गाईलाई ठक्कर दिएको हो।

अत्तरियाबाट धनगढी तर्फ आइरहेको सुपप्र ०१ ००८ प ६७९३ नम्बरको मोटरसाइकलले छाडा गाईलाइ ठक्कर दिँदा चालक धनगढी १२ बस्ने घनस्याम उपाध्याय गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पछाडि सवार बझाङको बुङ्गल नगरपालिका ८ बस्ने ३३ वर्षीय कृष्ण जाग्री घाइते भएका छन्। दुबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.