बाजुरामा पहिरोले सात परिवार विस्थापित

अत्तरिया : बाजुरामा निरन्तरको वर्षाका कारण पहिरो जाँदा सात परिवार विस्थापित भएका छन्। प्रहरीका अनुसार जिल्लाको हिमाली गाउँपालिका–५ का सात परिवार विस्थापित भएका हुन्।
जमिन भाँसिएर पहिरो जान थालेपछि स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, करन बुढथापा, धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा, विष्णु कार्की र जयलाल बुढथापाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विस्थापित सातै परिवारलाई सुरक्षित ठाउँमा सारिएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.