बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

बझाङ, ३० असोज : जिल्लामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय करन बोहरा रहेका छन् । सोही ठाउँमा ट्याक्टर दुर्घटना भएको हो ।
बोहराले चलाएको सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा २ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका २८ वर्षीय निरज बोहराको डडेल्धुरा अस्पताल रेफर गरिएको थियो । उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.