अत्तरिया : बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा प्रहरी भर्खरी पुगेकाले थप विवरण आउन केही समय लाग्ने जनाएको छ ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको छ । जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए