बझाङको जिप दुर्घटनामा मृत्यु हुने मध्येमा चार जनाको सनाखत

बझाङ : बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृतकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्। सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१.००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको छ। जिपमा कति जना सवार थिए भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.