सुदूरपश्चिमका सशस्त्र डिआइजीको सरुवा, एसएसपी आए

धनगढी : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मानव श्रोत विभागमा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा प्रसाद भट्टराईको काज सरुवा गरेको छ। मन्त्रीस्तरीय बैठकले असोज ३१ गते गरेको निर्णयअनुसार डिआइजी भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार काज सरुवा गरिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार डिआइजी भट्टराईको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्वकुमार भट्टराईको काज सरुवा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.