दार्चुलामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

दार्चुला : दार्चुलामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ मा सुपप्र ०२ ००१ त १४६७ ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शैल्यशिखर–५ बगौराका २३ वर्षीय सन्तोष डाँगा रहेका छन । अर्का मृत्यु हुने पुरुषको भने परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यशिखर–५ कै २८ वर्षीय सुरेशसिंह डाँगा र सोही ठाउँका २८ वर्षकै श्यामसिंह डाँगा रहेका छन ।घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.