कैलालीमा बाल्टीको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

अत्तरिया : कैलालीमा धारामा खेल्ने क्रममा बालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–२ मालिका टोल बस्ने नरीबहादुर ऐरको १ वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको हो।

वाल्टीमा भरीएको पानीमा डुवि घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.