एमालेको ग्याँसको पाइप कहाँ पुग्यो : नेता लेखक

कञ्चनपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री रमेश लेखकले बितेको पाँच बर्षमा नेकपा एमालेले जनतालाई विकासका नाउँमा गफ मात्रै दिएको आरोप लगाएका छन् । कञ्चनपुर निर्वाचतन क्षेत्र नं. ३ बाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा उम्मेदवार रहनु भएका नेता लेखकले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत क्रियाकलापका विरुद्ध गठबन्धन लडिरहेको बताए ।
‘गएको निर्वाचनपछि ओली जी प्रधानमन्त्री भएपछि संविधान भत्काउने र अहिलेको व्यवस्था कम्जोर बनाउने काम गर्नुभयो ।’ नेता लेखकले मंगलबार दोधारा चादँनीमा घरदैलो कार्यक्रममा बोल्दै भने, ‘ओली जीले घर–घरमा पु¥याउँछु भनेको ग्याँसको पाइप दोधारा चादँनीमा तपाईहरु कतिको घरमा पुग्यो ? ’ समुन्द्र नभएको मुलुकमा पानी जहाज ल्याउनेदेखि चीनबाट रेल ल्याउनेसम्मका गफ एमालेले दिएको लेखकको आरोप थियो ।

‘बितेको पाँच बर्षमा विकासका कुनै काम यहाँ भएको भए मलाई देखाउनुहोस ।’ उनले भने । ‘कञ्चनपुर लगायत सुदूरपश्चिममा हामीले गरेको विकासका हिसाव हामी दिन सक्छौं ।’ विगतका माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भउका बेला र आफूहरु मन्त्री, सांसद भएका वेला विकास भएको उनको दाबी थियो । त्यसैगरी चुनावी घरदैलो कार्यक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र न. ३ ख बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यका उम्मेदवार बेलबहादुर रानाले यहाँबाट निर्वाचन जित्ने एमालेका नेताहरुले कुनै काम नगरेको जिकिर गरे ।
आफू प्रदेशसभाको पाँच दलको साझाँ उम्मेदवार भएको बताउँदै रानाले महाकालीमा झोलुङ्गे पुल, पक्की पुलदेखि नदी कटान नियन्त्रण लगायतका विकास गर्ने पार्टी कांग्रेस नै रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.