अत्तरिया : गोदावरी नगरपालिकाले गत आर्थिक बर्षको समीक्षा गरेको छ । नगरपालिकाले गत आर्थिक बर्ष २०७८\०७९ मा भएका कार्यक्रमको मंगलबार समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा मेयर बीरेन्द्र भट्टले नगरको विद्युत देखिएको समस्याहरु समाधान गर्ने बताए । ‘२० बर्षपछि एक सुमदायमा विद्युत बालेका छु’, उनले भने । ‘अन्य केहि ठाउँमा विद्यतुको पावर कम आउने समस्याहरु छन् । ती समस्याहरु पनि विस्तारै समाधान गर्दै जाने प्रयासमा छु ।’ उनले नगरमा लालपुर्जा दिने कार्य निर्वाचनपछि निरन्तरता दिने बताए । नगरपालिकाले संरचना भत्काउने कार्य तीन महिना समय दिएको बताउँदै अटेर गर्ने माथि कार्यवाही समेत गर्ने उनको भनाई रहेको छ । उनले गोदावरी आर्यघाटलाई व्यवस्थित पार्नका लागि नगरपालिका योजनाबद्ध ढंगले अगाडि बढेको बताए । अत्तरिया बजारलाई व्यवस्थित पार्नका लागि समेत धेरै कुरा भएको दावी गर्दै बाँकी काम निरन्तरता दिने बताए । ११ र १२ वडाका नागरिकहरुलाई विद्युत शुल्क तिर्ने समस्या भएको हुँदा त्यसलाई समेत पायक पार्ने ठाउँमा काउन्टर राख्ने मेयर भट्टको धारणा रहेको छ । नगरलाई व्यवस्थित पार्नका लागि योजनाबद्ध ढंगले अगाडि बढेको समीक्षा कार्यक्रममा उनले बताए ।
नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा बिभिन्न नगरपालिकाका बिभिन्न शाखाहरुले प्रगति वितरण प्रस्तुत गरेका हुन ।
समीक्षा कार्यक्रममा गोदावरी नगरपालिका अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २ करोड ४५ लाख खर्च भएको छ । आर्थिक बर्ष २०७८÷०७९ मा उक्त कार्यक्रम अन्तरगत २ करोड ४५ लाख ५२ हजार ५९७ रुपैयाँ खर्च भएको रोजगार संयोजक रामलाल भट्टले बताए ।
समीक्षा कार्यक्रममा उनले अवधिमा ५०२ जनाले रोजगार पाएको बताए । उनले कार्यक्रम अन्तरगत ५ करोड ६७ लाख ६० हजार बजेट रहेको भएपनि ४४ प्रतिशत मात्रै बजेट खर्च भएको बताए ।
रोजगार कार्यक्रम अन्तरगत गत बर्ष ४५ वटा आयोजना सम्पन्न गरिएका थिए । जसमा ५०२ जनाले औषतमा ८४ दिन रोजगार पाएका छन । हाल नगरपालिकाको रोजगार कार्यक्रमका लागि ५ हजार ७७ जना सुचिकृत भएका छन ।
सम्बन्धित पाेस्टहरु