प्रधानमन्त्री देउवा आज दुई चुनावीसभालाई सम्बोधन गर्ने,आजै काठमाडौं फर्केने

डडेलधुरा : नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार गृहजिल्ला डडेलधुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन्।
आइतबार बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई प्रधानमन्त्री देउवालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी आजै काठमाडौं फर्केने कार्यक्रम छ। यसअघि शनिबार उनले अजयमेरू गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिका रूपालमा भएको आमसभालाई सम्बोधन गरेका थिए । एक मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको डडेलधुरामा सत्ता गठबन्धनका तर्फबाट देउवा उम्मेदवार छन्। उनी ०४८ सालदेखि डडेल्धुराबाट लगातार चुनाव जित्दै आइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.