गृहजिल्लामा देउवालाई एकैसाथ ३२ किलोको माला र ३२ बुँदे ज्ञापनपत्र

कैलाली : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। प्रधानमन्त्रीसमेत रहेका देउवालाई आइतबार जिल्लाको जोगबुढामा आयोजित चुनावीसभामा ३२ किलोको माला लगाइएको हो।

नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले देउवालाई भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरेको हो ।

गठबन्धनबीच एकता छ भन्ने सन्देश दिन सयपत्री फूलको एउटै मालाले प्रधानमन्त्री देउवासहित नेताहरुलाई बाँधिएको माओवादी केन्द्रका एक नेताले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.