स्याउलेमा फास्ट ट्र्याकको लागेको बिर्को खोल्छु : वलायर

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विरबहादुर बलायरले धनगढी–दीपायल फास्ट ट्र्याकमा लेखराज भट्टले बिर्को लगाएको आरोप लगाएका छन् । कैलाली क्षेत्र नम्बर–४ अन्तरगत गोदावरी नगरपालिका–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बलायरले लेखराज भट्टले स्याउलेमा फास्ट्र ट्र्याकमा बिको लगाएको आरोप लगाएका हुन् ।
‘फास्ट ट्र्याकको लागि म डोटीमा भोक्रो चिरिर कराइ केन्द्रमा हाले, वीपीनगरमा अफिस खोले । तर, सडकको गती सर्दैै सरेन’ उनले भने ‘के भयो भनेको यहाँ लेखराज दाइले स्याउलेमा बिर्को लगाएका रैछन् ।’

उनले अब आफूले बिर्को खोलेर सडकलाई दीपायल पु–याउने बताए । उनले भने ‘अब म बिर्को खोल्न आइहाले । मैले पहिले डोटीमा फास्ट ट्र्याक ल्याउन्छु भन्थे । अब पठाइदिन्छु भन्या छु ।’

उनले यस क्षेत्रमा धनगढी– दीपायल फास्ट ट्र्याक, चौकिडाँडा–फल्टुडे सडक र चौमाला–खौराला सडक बनाउन सकिएमा धेरै ठूलो उपलब्धि हुने बताए । ‘अरु सानातिना काम हुँदै गर्छन् । प्रदेशमा पनि प्रकास बमलाई जिताउनुहोस् । भोलि प्रदेशमा वहाँलाई मन्त्री बनाउन मैले पनि सिफारिस गर्न सक्छु । किनकी म यस क्षेत्रको पार्टीको सभापती हुँ’ उनले भने ‘तर, म लेखराज भट्टका जस्ता मन्त्रालय लिएर म मन्त्री हुँदैन ।’

धनगढी– दीपायल फास्ट ट्र्याकको २०६४ सालदेखि ट्र्याक खोल्ने काम अगाडी बढेको थियो । हाल ट्र्याक खोल्ने काम सकिएको भएपनि सडक निर्माणको कामले भने गति लिन सकेको छैन् । सुरुमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । हाल सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र गर्नका लागि काम अगाडी बढेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.