डोटी केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ जनाको मृत्यु

धनगढी : डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोठीले जनाएको छ। भूकम्पमा परी ५ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेको प्रहरीले बताएको छ। घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.