भूकम्पमा परी मृत्यु हुने ६ जनाको पहिचान खुल्यो

अत्तरिया : डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो।
भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ। यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरार धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए।
यस्तै वेपत्ता २ जनाको भने सकुुसल उद्धार गरीएको उनले बताए। डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भूकम्पमा परी ५ जना घाइते भएका छन्। घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन्। घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.