राइजिङ बाल क्लब द्वारा विद्यालयमा सर–सफाई

धनगढी : राइजिङ बाल क्लबले विद्यालयमा सर–सफाई गरेको छ । विद्यालय घर, टोल, वरपर सफा राख्नुपर्छ सन्देश दिने उदेश्यसका साथ क्लवले सर–सफाईको आयोजना गरेको हो । शनिबार क्लवले आफै अध्ययनरत विद्यालय स्टेपीङ स्टोनमा सर–सफाई गरेको छ ।

सर–सफाई कार्यक्रममा ४७ जना विद्यार्थी सहित शिक्षकको पनि सहभागिता थियो ।

सरसफाइ संगसंगै विद्यालयमा विभिन्न फूलहरु पनि रोपेका सर–सफाईमा सहभागि क्लवका अध्यक्ष सुनिल बुढाले जानकारी दिए ।

विद्यालयमा रहेको सरस्वतीको मूर्तिलाई समेत सर–सफाई गरेको उनले बताए ।

 

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.