प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा

अत्तरिया : प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबाहादुर देउवा धनगढी पुगेका छन्। उनी मंगरबार साँझ धनगढी पुगेको काँग्रेस कैलालीका सभापति नारायण भट्टले जानकारी दिए । भट्टका अनुसार उनी आज धनगढीमा बस्नेछन्। उनी बुधबार गृहजिल्ला जानेछन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन्। देउवा बुधबार बिहान गृहजिल्ला पुग्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए। त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.