धनगढी, २९ कात्तिक : धनगढी उपमहानगरपालिका–२ रामजानकी टोलमा सर– कार्यक्रम गरेको छ । ‘सफा राखौं भनी फैलाऔ ज्ञान । सफल पारौं सरसफाइ अभियान ।।’ भन्ने मुल नाराका साथ धनगढीको रामजानकी टोलमा अवस्थित स्टेपिङ स्टोन इङलिस स्कूलको ‘द राइसिङ बाल क्लब’ को संयुक्त आयोजनामा मंगलबार सर–सफाइ गरेको हो
सर–सफाइ अभियानमा नेपालका कान्छा अभियान्ता केपि खनालले पनि सहभागिता जनाएका थिए । बाल क्लबका अध्यक्ष सुनिल बुढाका अनुसार सर–सफाइ अभियानमा स्टेपिङ स्कूलका शिक्षक र विद्यार्थी गरी एक सय ५० जनाको सहभागिता थियो । उनीहरुले विद्यालय देखि सर–सफाइ सुरु गर्दै रामजानकी मन्दिर सम्म गरेका हुन् ।
