यौनिक, अल्पसंख्यका मुद्धा अगाडि ल्याउन सञ्चारकर्मी भूमिका महत्वपूर्ण

धनगढी, १ मंसिर : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धाप्रति कलम चलाउने सञ्चारकर्मीलाई आग्रह गरेका छ ।
निलहिरा समाजले बिहीबार धनगढीमा गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्धा विषयक अन्तरक्रिया कार्यक्रम यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय व्यक्तिलाई खुलेर आउन सहज हुनेगरी समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।
‘रुढीबादी सामाजिक परम्पराका कारण अझैपनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिक खुलेर आउन सकेका छैनन्,’ निलहिरा समाजका कार्यक्रम संयोजक अनुज राईले भने, ‘ती नागरिकलाई राज्यको मुलधारमा ल्याउन सञ्चारकर्मीको भुमिका महत्वपूर्ण छ ।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि सरकारले ऐन कानून बनाएपनि ती कानून कार्यान्वयनमा समस्या देखिएको संयोजक राईले बताए । नेपालको संविधान २०७२ को धारा १२ ले पहिचान सहितको नागरिकताको अधिकार प्रदान गरेको छ । तर नागरिकता लग्दा डाक्टरबाट लिङ्ग पहिचान गर्नुपर्ने प्रावधानका कारण समस्या भएको उनले बताए । त्यसैगरी संविधानको धारा ४२ मा समानुपातिक प्रतिनिधित्वको अधिकार उल्लेख गरिएको उनले बताए । अहिले हुने निर्वाचनमा पनि विभिन्न दलहरुबाट उम्मेदवारहरु भए पनि निर्वाचनमा आयोगमा अन्यका नाममा दर्ता गर्ने प्रवाधान नहुँदा वञ्चित हुनुपरेको बताए ।
कार्यक्रममा पत्रकार बबिता बस्नेतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई राज्यले मुलधारमा ल्याउनुपर्ने बताइन् । उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा समाचार सम्प्रेसण गर्दा शब्दको चयन नमिल्ने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बारेमा समाचार प्रकाशित गर्दा सामाजिक सञ्जाल र दर्ता विनाका मिडियामा गलत शब्द प्रयोग हुने गरेको भएपनि ती संस्थाको निग्रानीमा समस्या हुने गरेको उनले बताइन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले अझै पनि समाजमा खुल्न सक्ने वातावरण बन्न नसकेको जनाएको थियो । खुल्ने चाहना हुँदा हुँदै पनि घर परिवारको दवावले गर्दा कठिनाई हुने गरेको उनीहरुको भनाई रहेको छ ।
सुदूरपश्चिममा आईतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा १३ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाले मतदान गर्न पाउने छन् । हाल सम्म बैतडीका दुई र कैलालीका ११ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाले आफ्नै पहिचान सहतिको मतदाता परिचय पत्र बनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.