बाजुरामा बुढीनन्दा लगायत ५ ठाउमा मतदान स्थगित

बाजुरा : बाजुराका ५ ठाउँमा मतदान स्थगित भएको छ । फर्जी मतपत्रका विषयलाई लिएर नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप हुँदा ती स्थानमा मतदान स्थगित भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिन्द्र बोगटीका अनुसार बुढीगंगा गाउँपालिका वडानम्बर ८, बुढीनन्दा गाउँपालिका वडानम्बर ३ र ५, स्वामिकार्तिक गाउँपालिकाको ३ र ४ तथा खप्तड छेडेदह गाउँपालिकाको वडानम्बर ९१ मा रहेका मतदान केन्द्रमा मतगणना स्थगित भएको हो ।

झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको छ । हाल केही मतदान केन्द्रमा छलफल जारी रहेको र मतदान केन्द्रहरु सुरक्षाको घेरामा रहेको प्रहरी निरीक्षक बोगटीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.