किरियापुत्रीले गरे मतदान

अत्तरिया : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा किरियापुत्रीले मतदान गरेका छन्। जिल्लाको क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्।
बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुलले मतदान गरेको स्थानीय जय ऐरले जानकारी दिए।
उनीहरुसँगै आमा धौलीदेवी ऐरले पनि मतदान गरेकी छन्। मीनबहादुरको चार दिन अघि निधन भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.