बाजुरा : जिल्लाको त्रिबेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा ३ जना स्थानिय घाईते भएका छन । ३ जना मध्य एकको अवस्था गम्भीर रहेको छ ।जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वर आधारभुत विद्यालय मतदानस्थलमा गोली चल्दा गम्भीर घाईते भएका हुन । घाईतेको हुन भन्ने पहिचान हुन सकेको छैन । घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार हुन लागिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।