कैलाली ४ मा लेखराज भट्ट र वीर बहादुर वलायर बीच कडा प्रतिस्पर्धा, भट्ट अगाडि By अग्नी समाचार On २०७९ मंसिर ६, मंगलवार ७:३७ अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन् । उनले ४५६८ मतका साथ अग्रता लिएका हुन् । नेपाली कांग्रेसका वीरबहादुर बलायरले उनलाई पछ्याउँदै ४५३१ मत ल्याएका छन् ।